समाज


तीनकुनेमा राजावादीको ताण्डव: पक्राउ पर्नेको संख्या ११० पुग्यो

तीनकुनेमा राजावादीको ताण्डव: पक्राउ पर्नेको संख्या ११० पुग्यो

नेपालखबर
चैत १६, २०८१ शनिबार १०:८, काठमाडौँ

हिंसात्मक राजावादी आन्दोलन प्रकरणमा पक्राउन पर्नेको स‌ंख्या ११० पुगेको छ। 

शुक्रबार राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन गर्ने नाममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुने क्षेत्रमा हिंसा, हत्या, तोडफोड गरेका थिए। 

सोही घटना अनुसन्धानका क्रममा प्रहरीले शनिबार बिहानसम्म ११० जनालाई पक्राउ गरिएको जानकारी नेपालखबरलाई दिएको हो। 

सोही काण्डमा प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरिसकेको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेता शुक्रबारदेखि नै प्रहरीको नियन्त्रणमा छन्।

तीनुकने हिंसाका नाइके दुर्गा प्रसाईं भने फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad