समाज


बागलुङकी युवतीमा कोरोना संक्रमण भेटियो

बागलुङकी युवतीमा कोरोना संक्रमण भेटियो

नेपालखबर
चैत १५, २०७६ शनिबार १०:४५,

नेपालमा एकपछि अर्को गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला पर्न थालेका छन्।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। उपत्यकाभन्दा बाहिर फेला परेको यो दोस्रो संक्रमण हो।

शुक्रबारमात्रै धनगढीका ३४ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

शनिबार संक्रमण पुष्टि भएकी बागलुङकी बागुलुङकी युवती यही चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन्। उनीसँगै विमानमा आएकी अर्की युवतीमा चैत १० गते कोरोना भेटिएको थियो। उनी अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छन्।

हाल बागलुङ नगरपालिकास्थित आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो। उनी नमूना संकलपछि पनि घरमै बस्दै आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .