समाज


गोली लागेर घाइते भएका २ सहित ४ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

गोली लागेर घाइते भएका २ सहित ४ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १९:४३, काठमाडौँ

राजावादी प्रदर्शनका क्रममा शुक्रबार कोटेश्वरमा गोली लागेका २ जनाको काठमाडौँको ट्रमा सेत्टरमा उपचार भइरहेको छ।

एकजनाको हातमा र अर्का एकजनाको पेटमा गोली लागेको छ।

पेटमा गोली लागेका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

ट्रमा सेन्टरमा अन्य २ जना घाइतेको पनि उपचार भइरहेको छ।

शुक्रबार भएको राजावादी प्रदर्शनमा प्रहरीको गाली लागेर एकजनाको ज्यान गएको छ भने अर्का एकजनाको आगोले जलेर मृत्यु भएको छ।

प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी ३० जना घाइते भएका गृहमन्त्रालयले जनाएको छ।

सरकारी तथा निजी गाडी, व्यक्तिगत घर, संघ संस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad