सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निवेदनमा दुवै पक्षलाई छलफलमा बोलाएको छ।
आफूले चार वर्षअघि दिएको रिट निवेदनमा निर्णय नगरी कुलमान घिसिङको निवेदनमा कारबाही नगर्न माग गरी हितेन्द्रदेवले बिहीबार दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवैलाई छलफलमा बोलाएको हो।
दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश जारी हुने-नहुने निर्क्योल गरिने भएको हो।
यसअघि शुक्रबार नै न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङको निवेदनमा पनि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो।
कुलमानको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे छलफल हुने
66
Shares

प्रतिक्रिया