राजनीति


हिंसात्मक बन्दै राजावादी प्रदर्शन, तीन प्रहरी घाइते

हिंसात्मक बन्दै राजावादी प्रदर्शन, तीन प्रहरी घाइते

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १५:९, काठमाडौँ

राजावादीको प्रदर्शन हिंसात्मक बन्न थालेको छ। 

शुक्रबार बिहान ११ बजेदेखि तीनकुने क्षेत्रमा भेला भएका राजावादी प्रदर्शनकारी सुरुमै प्रहरीमाथि जाइलागे।

उनीहरूले गरेको ढुंगामुढाका कारण तीनजना प्रहरी घाइते भएका छन्। 

राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईँ आफैँले प्रदर्शनकारीलाई उत्तेजित बनाएका थिए।

यस क्रममा उनको पछुवा गाडी प्रहरीको घेरा तोडेर बानेश्वरक्षेत्रतर्फ अघि बढ्यो।

जसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्‍यो। 

यसपछि प्रदर्शनकारीले झन् उग्र हुँदै केही घरमा तोडफोड र आगजनीसमेत गरेका छन्। 

अहिले तीनकुने क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad