म्यानमारको मेवाडीबाट चार नेपालीको उद्धार गरिएको छ। अनलाइन स्क्यामिङ कार्यमा लगाइएका चार नेपालीलाई नेपाली दूतावास थाइल्यान्ड बैंककको सहयोगमा म्यानमारबाट उद्धार गरिएको हो।
उनीहरूलाई टाक इमिग्रेसन कार्यालय मेसोट हुँदै थाइल्यान्ड ल्याएर आज बुधबार नेपाल फर्काइएको नेपाली दूतावास बैंककले जनाएको छ।
दूतावासले सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन: अनुरोध गर्दछ।
102
Shares

प्रतिक्रिया