समाज


ईलाका प्रहरी कार्यालय लहानमा डीएसपी रोकाया

ईलाका प्रहरी कार्यालय लहानमा डीएसपी रोकाया

डीएसपी हिरेन्द्र रोकाया


नेपालखबर
चैत १३, २०८१ बुधबार १७:८, काठमाडौँ

ईलाका प्रहरी कार्यालय लहानका प्रमुखको काज सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितलाई हेडक्वार्टर काज सरुवा गरेकै भोलिपल्ट ईलाका प्रहरी कार्यालका प्रमुखलाई पनि सरुवा गरिएको हो।

ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत डीएसपी विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको छ। ब्युरोमा कार्यरत डीएसपी हिरेन्द्र रोकायालाई ईप्रका लाहानमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

पण्डितलाई काज सरुवा गरेपछि जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी अनन्तराम शर्माले जिम्मेवारी पाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad