समाज


आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार, अझै ३ बाँकी

आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार, अझै ३ बाँकी

घटनास्थल


नेपालखबर
चैत १३, २०८१ बुधबार १२:२२, काठमाडौँ

आगलागी भइरहेको सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार गरिएको छ।

गृह मन्त्रालयकाे सचिवालयका अनुसार आगलागी भइरहेको १० तले प्लाजाको पाँचौँ र छैटौँ तलाबाट हालसम्म ५ महिला र ११ पुरुष गरी जम्मा १६ जनाको उद्धार गरिएको हो। 

‘अझै कोठाभित्र ३ जना देखिएका छन्’, सचिवालयले नेपालखबरसँग भन्यो, ‘देखापरेका ३ जना रेस्क्यु गर्न बाँकी छ, प्रयास जारी छ।’ 

उद्धारका लागि काठमाडौँबाट पठाइएको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ। 

१० तले प्लाजा भवनका पाँचौँ र छैटौँ तलामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी भइरहेको हो। 

आगलागी भएको तलामा क्यूएफएक्स सिनेमा हल तथा एक होटल छन्। 

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचालगायत स्थानीय तहका आधा दर्जन दमकल प्रयोग गरिएका छन्।

आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ। आगलागीबाट भएकाे क्षतिकाे विवरण आउँन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad