बर्खास्त गरेको पत्र नपाएका नेपाल प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यालय गएका छैनन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्रमुख कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
तर उनले अहिलेसम्म बर्खास्त भएको पत्र आफूले नपाएको बताएका छन्। कुलमाननिकट एक अधिकारीका अनुसार उनी अहिले कानुनी परामर्शमा छन्। 'उहाँ अहिले कानुनव्यवसायीहरूसँग परामर्शमा हुनुहुन्छ,' ती अधिकारीले भने, 'कार्यालय जानु भएको छैन। उहाँले हटाइएको पत्र पनि पाउनु भएको छैन।'
2.3k
Shares

प्रतिक्रिया