समाज


बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी

नेपालखबर
चैत १०, २०८१ आइतबार १९:४१, काठमाडौँ

बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ।

विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।

वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए।

घटनापछि बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले ट्यांकर र वेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन्। आगजनीबाट प्रहरी चौकीको केही भाग र ग्यारेज पूर्णरूपमा जलेको छ।

ठक्कर दिने ट्यांकर पनि स्थानीयले जलाइदिएका छन्। ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेर चौकीमा लगेपछि स्थानीयले चौकीमै आक्रमण गरेका हुन्। प्रहरीले ट्यांकर चालकलाई जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ।

आक्रोशित स्थानीयलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र केही राउन्ड हवाई फायरसमेत गरेको छ। केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

दुवै बालकको शव घटनास्थलमै छ। आफन्तले बुझ्न मानेका छैनन्। प्रदर्शन जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad