समाज


शिक्षा क्षेत्र सुधार्न तीन तहका सरकारबीच सहकार्य हुन सकेन : शिक्षामन्त्री

शिक्षा क्षेत्र सुधार्न तीन तहका सरकारबीच सहकार्य हुन सकेन : शिक्षामन्त्री

नेपालखबर
चैत १०, २०८१ आइतबार १८:२२, काठमाडौँ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार गर्न तीनै तहको साझेदारी हुन नसकेको बताएकी छन्।  

शिक्षा पत्रकार समूहले सामुदायिक विद्यालय सुधार गर्न के गर्न सकिन्छ भनेर बुझाएको नीतिगत सुझावसहितको प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले शिक्षा विकास समन्वय इकाइ र पालिकबीच समन्वय हुन नसक्दा अनुगमन प्रभावित भएको जानकारी दिएकी छन्। 

शिक्षा विकास तथा समन्यय इकाइमा अधिकृत तहका कर्मचारी हुने भने पालिकाको शिक्षा शाखामा  उपसचिव तहका कर्मचारी हुन्छन्। जसले एकले अर्को निकायलाई स्वीकार नगर्दा केन्द्रले पठाएको शिक्षा बजेट स्थानीय तहले कसरी खर्च गर्छ भनेर अनुगमन र समन्वय हुन नसकेको जनाएकी छन्। 

शिक्षा मन्त्रालयले समन्यय इकाइलाई प्रदेश र पालिकासँग समन्वय गर्न समन्वयकारी भुमिका दिने तयारी गरेको जानकारी दिएकी छन्। शिक्षकहरूको तालिम दिने, अनुगमन गर्ने जस्ता भूमिका दिने तयारी भएको मन्त्री भट्टराईको भनाइ छ। 

यस्तै शिक्षणको गुणस्तर कस्तो छ भन्ने पत्ता लगाउन शिक्षकहरूको सर्भे गर्ने र अनिवार्य शिक्षा ऐन लागू गराउने प्रतिवद्धता व्यक्त गरेकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad