समाज


गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पुर्‍याउने

गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पुर्‍याउने

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ११:३८,

गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्‍याउने भएको छ।

कोरोनाको संक्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए।

‘पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ’ उनले भने।

यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने जानकारी पनि नगरप्रमुख चालिसेले दिए। साता दिनका लागि घोषणा गरिएको लक डाउनको चौथो दिनसम्म राजधानीकै काठ क्षेत्रका अधिकांश पसल खुलेका छैनन।

लक डाउनको पहिलो दिन मंगलबार केही पसल खुले पनि प्रहरीले नै बन्द गर्न लगाएको कागेश्वरी मनोहरा नगरपालिकाका ज्ञानप्रसाद सिम्खडाले बताए। सरकारले अत्यावश्यक सेवाका खाद्य सामग्रीका पसलमा भीडभाड नगरी सेवा दिने भनी सूचना जारी गरे पनि प्रहरीले सही रुपमा नबुझेजस्तो देखिएको उनको दुःखेसो छ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बताए।

कोरोनाको संक्रमणबाट बच्न शुरु गरिएको लक डाउनको मौका छोपी रु २० पर्ने नुनको प्याकेटको रु २५ लिएको, ग्यासको कालोबजारी भएको, अत्यावश्यक चिनी, तेल, जारको पानी जस्ता सामग्रीको भाउ बढाइएको, ग्यास राखेर नदिने गरिएको उपभोक्ता रजनी पुडासैनीको गुनासो छ।

कृत्रिम अभाव, कालोबजारी र दोब्बरसम्म मूल्यवृद्धि हुँदा स्थानीय तहका अनुगमन समिति मुकदर्शकमात्र बनेको आम उपभोक्ताको भनाइ छ। स्थानीय तह सञ्चालन ऐनअनुसार नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन हुने व्यवस्था छ।

संकटका बेला पनि यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुरलगायत नगरपालिकाका अनुगमन समिति निष्क्रिय रहेको स्थानीयवासीको गुनासो छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad