प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि अस्पतालमै पुगेर भेट गरेका छन्।
प्रधानमन्त्री ओली मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भस्कुलर ट्रान्सप्लान्ट केन्द्रमा बिहीरबार राति भर्ना भएका थिए।
'नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए। अस्पतालमै भएको भेटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ४० मिनेट कुराकानी भएको थियो,' नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन्।
उनलाई बिहानै नेकपाका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले भेट गरेका थिए। अध्यक्षद्वयबीच कोरोना महामहारीबाट नेपाललाई सुरक्षित राख्न सरकारले गर्न सक्ने सबै उपायहरुबारे छलफल भएको प्रचण्डको सचिवलायले जनाएको छ।
प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने भनेपनि अहिलेसम्म नगरिएपछि नेकपाका नेताहरु अस्पतालमै भेट्न पुगेका हुन्

प्रतिक्रिया