समाज


बेलायती प्रधानमन्त्री नै कोरोनाबाट संक्रमित

बेलायती प्रधानमन्त्री नै कोरोनाबाट संक्रमित

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ११:२०,

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार ट्वीटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्।

हाल आफू सेल्फ आइसोलेसनमा बसिरहेको पनि उनले ट्वीटमा जानकारी दिएका छन्। जोनसनले आफूले घरबाटै काम गर्ने जनाएका छन्।

बेलायत सरकारले हालै २ हप्ताको लागि देश लकडाउन गरेको छ। यसबीचका सबैलाई घरमै बस्न आग्रह गरिएको छ।

जोनसनले ट्वीटमा पनि सबैलाई घरमै बस्न भनेका छन्।

बेलायतमा बुधबारसम्म ११ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ५७८ जनाको मृत्यु भइसकेको छ।

विश्वको १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसका कारण हालसम्म २४ हजार ८६३ ले ज्यान गुमाइसकेका छन्।

हालसम्म ५ लाख ४९ हजार २२० संक्रमित बनेका छन्। उपचारपछि १ लाख २८ हजार ६३७ स्वस्थ बनेता पनि हालसम्म कोरोनाको औषधि र खोप बन्न सकेको छैन। खोप र औषधि परीक्षण कालमै छन्।

अहिले कोरोनाको उद्गमस्थल चीनमा कोरोनाबाट संक्रमित र मृतक र घट्न थालेकोे छ। तर युरोप र अमेरिकी देशहरुमा कोरोनाको प्रभाव बढ्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad