सरकारले कोरोना भाइरस संक्रमण भएको पाइएका व्यक्तिसँग सम्पर्कमा रहेका कुनै पनि व्यक्तिसँग कोरोना (कोभिड–१९) का लक्षण नदेखिएको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङका क्रममा शुक्रबार मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले शुक्रबार ३ बजेसम्मको अवस्थाअनुसार तीमध्ये कुनैपनि व्यक्तिमा संक्रमणको लक्षण नदेखिएको बताएका हुन्।
‘अहिलेसम्म संक्रमित पाइएका ३ जनामध्ये एकजना निको भइसक्नुभएको छ। दुईजना हामीसँगै उपचाररत् हुनुहुन्छ र उहाँहरुसँग सम्पर्कमा रहेका व्यक्तिसँग हामी नियमित सम्पर्कमा छौं र कसैमा पनि अहिलेसम्म संक्रमणका लक्षण देखिएको छैन,’ डा. कार्कीले बताए।
संक्रमित व्यक्तिहरु नेपालमा आइसकेको केहि दिनपछि मात्र अस्पताल पुगेका कारण उनीहरुबाट अरुमा संक्रमण भइसकेको हुनसक्ने त्रास सबैतर्फ भइरहेका बेला मन्त्रालयले यस्तो जानकारी दिएको हो।

प्रतिक्रिया