भारतमा एकैदिन ७५ जना कोरोना संक्रमित बढेको भारतीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको हो।
यो संख्या कोरोनाको संक्रमित भारतमा भेटिएयता राखिएको दैनिक तथ्यांकको सबैभन्दा बढी संख्या हो।
यससँगै भारतमा हालसम्म ७ सय ५३ कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ २० जनाको मृत्यु भइसकेको छ।
कोरोनाको संक्रमण बढ्न नदिन भारतमा गत मंगलबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ। एजेन्सी

प्रतिक्रिया