कारोबार


डिजाइनर ब्रान्ड राल्फ लरेनले मास्क र आइसोलेसन गाउन्स उत्पादन गर्ने

डिजाइनर ब्रान्ड राल्फ लरेनले मास्क र आइसोलेसन गाउन्स उत्पादन गर्ने

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ९:२९,

विश्व महामारी कोरोना भाइरससँग लड्न व्यावसायिक क्षेत्रहरु समेत दिलोज्यान दिएर लागेका छन्। सोही सन्दर्भमा चर्चित डिजाइनर ब्रान्ड राल्फ लरेनले पनि मेडिकल मास्क र आइसोलेसन गाउन्सको उत्पादन गर्ने भएको छ।

फेसन डिजाइनर राल्फले बिहीबार मास्क र गाउन्स उत्पादन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ। द राल्फ लरेन कर्पोरेट फाउन्डेसनले अमेरिकामा २ लाख ५० हजार मास्क र २५ हजार आइसोलेसन गाउन्स उत्पादन गर्नेछ।

अन्य फेसन ब्रान्डहरुले पनि अत्यावश्यक मेडिकल पहिरनको उत्पादन गर्ने वाचा गरिरहेका छन्।

उक्त फाउन्डेसनले उत्पादनबाहेक १ करोड अमेरिकी डलर विश्व महामारीविरुद्ध दान गर्ने घोषणा समेत गरेको छ। अमेरिकामा अहिले भाइरस संक्रमणबाट मर्ने संख्या १ हजार नाघिसकेको छ।

फेसन ब्रान्डकी कार्यकारी प्रमुखराल्फले भाइरसविरुद्ध विश्वसँग मिलेर लड्ने बताएकी छिन्।

यसबाहेक चर्चित खुद्रा बिक्रेताहरु समेत मास्क र गाउन्स उत्पादनमा लागेका छन्। त्यस्तै चर्चित कार निर्माताहरुले भेन्टिलेटरको उत्पादन गरिरहेका छन्।

लक्जरी कोट ब्रान्ड क्यानडा गुजले पनि गाउन्स उत्पादन गरेर स्वास्थ्यकर्मीलाई बाँड्ने तयारी गरेको छ। उसले अर्को हप्तादेखि उत्पादन थाल्ने बताएको छ। यसअघि नै थुप्रै व्यावसायिक क्षेत्रका कम्पनीहरुले सेनिटाइजर, मास्क, गाउन्स लगायत अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन थालिसकेका छन्।

चीनको वुहानबाट गत डिसेम्बरतिर देखिएको कोरोना भाइरसका कारण विश्व नै आतंकित बनेको छ। विश्वभर संक्रमितको संख्या ५ लाख नाघिसक्दा मृत्यु हुने संख्या पनि २४ हजार हाराहारीमा पुगिसकेको छ। त्यस्तै हालसम्म १ लाख २४ हजारको संख्यामा यसबाट संक्रमितहरु निको समेत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad