समाज


एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

फाइल फोटो


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १५:५४, काठमाडौँ

गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन्। ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन्।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।  

आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ। आगलागीबाट १४६ पशुचौपाय मरेका छन्। घटनापछि ३८ परिवार विस्थापित भएका छन्। आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ।

विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
    

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए। मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए।

वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन्। अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad