समाज


विपद् उद्धारमा ज्यान गुमाएका सशस्त्र प्रहरी निरीक्षक बडुलाको परिवारलाई पाँच लाख सहयोग

विपद् उद्धारमा ज्यान गुमाएका सशस्त्र प्रहरी निरीक्षक बडुलाको परिवारलाई पाँच लाख सहयोग

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १६:१८, काठमाडौँ

सरकारले सशस्त्र प्रहरी निरीक्षक स्व दिल बहादुर बडुलाको आश्रित परिवारलाई सहयोग रकम उपलब्ध गराउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणले विपद् व्यवस्थापन तथा उद्वार कार्यमा खटिने क्रममा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए।

विपद् व्यवस्थापनमा योगदान पुर्‍याए वापत उनको परिवलाई सो रकम उपलब्ध गराउनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राविधिकरणको ३०औँ कार्यकारी समितको बैठकमा उक्त निर्णय गरेको हो ।

विपद् उद्धारमा खटिएको समयमा बिरामी भई गत असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएकोमा उपचार क्रममा असोज २८ गते सोमबार बिहान सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन भएको थियो। बर्दिया घर भएका बडुवाल २०५९ साल जेठ १३ गते सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका थिए।

बिपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य बिपद् व्यवस्थापन बेश स्थापना गरेको थियो। सोही बेशमा साउन ३ गतेदेखि स्व बडुवाल कमाण्डरको रुपमा कार्यरत थिए।

विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य तथा योगदान दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि यस किसिमको सहयोग निकै नै सह्रानिय रहेको तथा कार्यक्षेत्रमा खटिँदा समेत हौसला प्रदान हुने विश्वास गरिएको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनका क्रममा घाइते तथा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारलाई तत्काल सहयोग रकम उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोष सम्बन्धी मापदण्ड २०८१ संचालन गरी उक्त कोषबाट स्व दिलबहादुर बडुवाल लगायत अन्य ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई पाँच–पाँच लाखका दरले जम्मा २० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad