समाज


सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १३:३६, काठमाडौँ

नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। सम्मेलन चैत ९ र १० गते दुई दिनसम्म चल्नेछ।

जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए।

उनले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए। सबैको सहकार्यबिना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरूको सामना गर्न नसकिने बताउँदै उनले दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूल रणनीतिहरू कार्यान्वयन गर्न सरकार अग्रसर रहेको जानकारी दिए।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्त्वका बारेमा सम्बन्धित विज्ञहरूसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad