समाज


सिन्धुलीका ४ मध्ये ३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

सिन्धुलीका ४ मध्ये ३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

नेपालखबर
चैत ७, २०८१ बिहिबार १४:३, सिन्धुली

स्ववियु निर्वाचन भएका सिन्धुलीका चारमध्ये तीनवटा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी विजयी भएको छ। एउटा क्याम्पसमा अखिल क्रान्तिकारीसँगको सहकार्यमा अनेरास्ववियु विजयी भएको छ। 

अखिल क्रान्तिकारीले मरिण बहुमुखी क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस डकाहा र सुनकोशी क्याम्पसको स्ववियु नेतृत्व जितेको हो। 

त्यसैगरि कमला बहुमुखी क्याम्पस दुधौलीमा भने एमाले निकट अनेरास्ववियु विजयी भएको छ। 

मरिण बहुमुखी क्याम्पसमा विशेष राई नेतृत्वमा रहेको अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ। उनी ११० मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्।

यहाँ अनेरास्ववियु र नेविसंघले संयुक्त प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।  यो प्यानलका उम्मेदवार दिपेश मैनालीले ५५ मत मात्रै प्राप्त  गरेका छन्। 

त्यसैगरि सरस्वती बहुमुखी क्याम्पस डकाहामा क्रान्तिकारीका  विवेक साहा सुडी ८१ मतसहित विजयी भएका छन् भने  सुनकोशी गाउँपालिकास्थित सुनकोशी क्याम्पसमा अखिल क्रान्तिकारीका कृष्ण भण्डारीको प्यानल नै विजयी भएको छ। 

कमला बहुमुखी क्याम्पस दुधौलीमा भने स्ववियु अध्यक्षमा अनेरास्ववियुका टेकप्रसाद लुइटेल १२१ मत प्राप्त गरी विजयी भएका छन्।

यो क्याम्पसमा नेविसंघका  सुशीलकुमार कपाडीले ८१ मत मात्रै प्राप्त गरेका छन्। यो क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर नेविसंघसँग प्रतिस्पर्धा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad