जिल्ला प्रहरी परिसर ललितका एक जना थुनुवा फरार भएका छन्। प्रेमिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेर सातदोबाटोको हिरासतमा रहेका अछाम घर भएका दीपक साउद बुधबार पाटन अस्पतालबाट फरार भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
उनलाई उपचारका लागि अस्पताल लगिएको र शौचालय जानका लागि हतकडी खोल्दा फरार भएको एसएसपी अधिकारीले नेपालखबरलाई बताए।
साउदविरुद्ध उनीसँगै लिभिङ टुगेदरमा बसेकी प्रेमिकाले नै बलात्कारको आरोपमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।
ती प्रेमिकाबाट बच्चा पनि जन्मिसकेको प्रहरीले जनाएको छ।
तर पछिल्लो समय आफूलाई बेवास्ता गरेर अर्कै युवतीसँग समय बिताउन थालेको भन्दै उनले बलात्कारको आरोपमा जाहेरी दिएको प्रहरीको भनाइ छ। फरार साउदको खोजी भइरहेको एसएसपी अधिकारीले बताए।
Shares

प्रतिक्रिया