नेपाली सेनाका सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा बढुवा भएका छन्।
नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले रिक्त उपरथीमा अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयपछि बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक समारोहबीच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई उपरथीको दज्यानी चिह्न प्रदान गरेका हुन्।
यस्तै प्रधान सेनापति सिग्देलले महासेनानीबाट प्राविधिक सहायक रथीमा बढुवा भएका मुकेश बाटाजुलाई पनि सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
1.7k
Shares

प्रतिक्रिया