समाज


अब भरतपुरमै हुने भयो कोरोना संक्रमितको उपचार

अब भरतपुरमै हुने भयो कोरोना संक्रमितको उपचार

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ३:७,

चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे पनि उपचार गर्ने तयारी गरेको छ।

लक्षण देखिएका बिरामीलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएका बिरामीलाई अस्पतालमा पठाउन अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीराम तिवारीले आग्रह गरे।

‘अब कोरोना प्रमाणित भएकाहरुको उपचार भरतपुर सरकारी अस्पतालमा हुन्छ। त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ,’ उनले भने।

कोरोनाका बिरामी उपचारको लागि अस्पतालले हाल रहेका १९ शय्याको आइसोलेशन वार्डलाई ३० शय्याको बनाउने भएको छ।

अस्पतालमा गठित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले हाल अस्पतालमा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याविनमा ११ शय्याको आइसोलेशन थप गर्ने निर्णय गरेको हो।

त्यस्तै कोभिड १९ सङ्क्रमितलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शय्याको सघन उपचार कक्ष सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

उपकरण थप गर्नका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग आग्रहसमेत गरेको छ।

कोरोना संक्रमितहरुको लागि तयारी गर्न लागिएको सघन उपचार कक्षमा भेन्टिलेटर आवश्यक रहेकाले १० भेन्टिलेटर र पिपिई उपलब्ध गराइदिन मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ।

साथै अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण बीमा गरिदिन सरकारसंँग माग गरेको छ।

पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम भएका देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा राखेर सेवा दिइने तिवारीले बताए।

अस्पतालमा हालसम्म १७ जनाको कोरोना सङ्क्रमण परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad