राजनीति


राति एक्कासि मुटुको धड्कन बढेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

राति एक्कासि मुटुको धड्कन बढेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ३:४,

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा असहज महसुस भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे  प्रधानमन्त्रकी निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले जानकारी दिइन्। 

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राति मनमोहन सेन्टरमा भर्ना गरिएको छ,’ डा. शाहले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘तर अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य भइसकाले आजै डिस्चार्ज गरिने छ।’   

गत फागुन २१ गते प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए। फागुन ३० गते डिस्चार्ज भएका उनी आराम नगरी सक्रिय भइरहेका थिए। 

यसैकारण उनकाे स्वास्थ्यमा समस्या आएकाे अनुमान गरिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad