सर्लाहीका दुईवटा क्याम्पसमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)सँगको गठबन्धनबाट अनेरास्ववियुले स्ववियु सभापति जितेको छ।
हरिवनमा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस, सुखेपोखरीमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको हाे।
त्यसैगरि सर्लाहीकै लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को संयुक्त प्यानल विजयी भएको छ।
चतुर्भूजेश्वश्वर क्याम्पसको सभापतिमा हिमाल घिमिरे र सचिवमा रोहन उप्रेती विजयी भएका छन्। यहाँ गठबन्धनबाट अनेरास्ववियुका घिमिरेले ४४२ मत प्राप्त गर्दा अखिल (क्रान्तिकारी)की अन्जिता भूजेलले २१३ मत मात्रै ल्याएकी छन्।
त्यसैगरि जनज्योति क्याम्पस लालबन्दीको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर सिंह विजयी भएका छन्। उनी अखिल क्रान्तिकारी र अनेरास्ववियूकाे समर्थनमा उम्मेदवार बनेका थिए।
Shares

प्रतिक्रिया