समाज


प्रहरीले सार्वजनिक गर्‍यो २५ करोड बोकेको ट्रकसहित पक्राउ परेका व्यक्ति (तस्बिरहरू)

प्रहरीले सार्वजनिक गर्‍यो २५ करोड बोकेको ट्रकसहित पक्राउ परेका व्यक्ति (तस्बिरहरू)

सरोज नेपाल
चैत ५, २०८१ मंगलबार १४:४०, काठमाडौँ

मंगलबार काठमाडौँको टोखाबाट ट्रकमा २५ करोड रुपैयाँ लिएर चीनतर्फ जाँदै गरेका कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सिन्धुपाल्चोक घर भएका लामालाई ना७ख १६५२ सहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो। 

ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ। आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको हो। 

लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ। उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन्।  

उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad