समाज


धनपालथानमा आगलागी: चार वर्षीया बालिकाको मृत्यु, १६ घर जले

धनपालथानमा आगलागी: चार वर्षीया बालिकाको मृत्यु, १६ घर जले

आगलागी नियन्त्रणमा खटिँदै सुरक्षाकर्मी


नेपालखबर
चैत ५, २०८१ मंगलबार १४:१९, विराटनगर

मोरङको धनपालथाल गाउँपालिका–६ कदमाहामा आगलागीमा परेर एक बालिकाकाे मात्रै मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि मोरङ प्रहरीले घटनामा दुई बालबालिकाको मृत्यु भएको जानकारी दिएको थियो। 

आगलागीमा १६ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

‘सुरुमा हामीलाई दुई बालबालिकाको मृत्यु भएको जानकारी आएको थियो,’ एसपी जोशीले भने, ‘एक बालक घटनास्थलभन्दा केही पर  सकुशल फेला परेका छन्। आगलागीमा परेर चार वर्षीया बालिका रेश्मा खातुनको मृत्यु भएको छ।’ 

दमकल प्रयोग गरेर आगलागी नियन्त्रण गरिएको एसपी जोशीले बताए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगलागी नियन्त्रणमा खटिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad