समाज


महोत्तरीका पत्रकार मन्जित रामलाई हातखुट्टा बाँधेर कुटपिट, महासंघले जनायो आपत्ति

महोत्तरीका पत्रकार मन्जित रामलाई हातखुट्टा बाँधेर कुटपिट, महासंघले जनायो आपत्ति

नेपालखबर
चैत ४, २०८१ सोमबार १६:३५, काठमाडौँ

महोत्तरीस्थित रेडियो नेपालका सम्वाददाता मन्जित रामलाई स्थानीय कुंज बिहारी यादवसहितले आक्रमण गरी घाइते बनाएको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघ मधेस प्रदेश समितिका अनुसार चैत्र ३ गते आइतबार महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित निवासमा रहेका पत्रकार रामलाई यादवसहित उनका परिवारजनले नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर कुटपिट गरेका थिए।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराधको हो’ महासंघले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो हर्कतमा संलग्नलाई तत्काल कानुनी दायारा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
 
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा कुटपिटबाट घाइते भएका पत्रकार रामको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad