समाज


खाद्य विभाग र काठमाडौँ महानगरबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने सहमति पत्रमा हस्ताक्षर

खाद्य विभाग र काठमाडौँ महानगरबीच  खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने सहमति पत्रमा हस्ताक्षर

नेपालखबर
चैत ४, २०८१ सोमबार १३:३१, काठमाडौँ

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाको तर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधी न्यौपाने र विभागका तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे। 

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको जिकिर गरे। उनले काठमाडौं महानगरपाकिलासँग आज सुरुवात मात्रै गरिएको र आगामी दिनमा ७५३ वटै पालिकामा पु-याउने लक्ष्य रहेको बताए। 

‘हामीले एक्लै काम गरेर देशभर ७५३ वटै पालिकामा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको संरचना भइ नसकेको अवस्थामा सम्भव छैन। खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै हो। त्यो ऐनले पनि परिकल्पना गरेको छ। आज सुरुवात मात्रै हो,' उनले भने, 'एउटा मोडलको रुपमा खाद्य स्वच्छता कायम गर्नका लागि, गुणस्तर कायम गर्न महानगरपालिकाले के काम गर्न सकिन्छ भन्ने हिसावले हामी सहमति पत्रमा हस्ताक्षर गरेका हौँ । खाद्य ऐनले पनि स्पष्ट रुपमा खाद्य संस्था गुणस्तर ऐन, २०८१ को दफा २६ को उपदफा ६ मा स्पष्ट रुपमा प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीषण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व खाद्य प्रविधि गुण नियन्त्रण विभागको हुनेछ भन्ने व्यवस्था छ । त्यसअन्तर्गत नै शुरुवात गरेका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad