ad ad

समाज


पोखरामा अलपत्र ५८ पर्यटकलाई यसरी ल्याइयो काठमाडौं

पोखरामा अलपत्र ५८ पर्यटकलाई यसरी ल्याइयो काठमाडौं

नेपालखबर
चैत १३, २०७६ बिहिबार १२:४३,

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लक डाउनका कारण पोखरामा अलपत्र ५८ पर्यटकलाई बिहीबार विमानमार्फत काठमाडौं ल्याइएको छ।

बुद्ध एयरको विमानले उद्धार गरी ती विदेशी नागरिकलाई काठमाडौं ल्याएको हाे। 

सरकारले चैत १८ गतेसम्मका लागि गरेको लकडाउनअन्तर्गत आन्तरिक उडानसमेत प्रतिबन्धि भए पनि कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले देशका विभिन्न ठाउँमा अलपत्र परेका विदेशी नागरिकको उद्धार गरी उनीहरूकै देश पठाइदिने निर्णय बुधबार गरेको थियो।

साेहीबमाेजिम पाेखरामा अलपत्र १५ पर्यटकलाई काठमाडाैँ ल्याइएकाे हाे। तिनमा धेरैजसो फ्रान्सका नागरिक छन्।

उनीहरूलाई अब फ्रान्सले चार्टर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ।

बिहीबारै तारा एयरले पनि लुक्लाबाट १५ विदेशीलाई उद्धार गरी काठमाडौं ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .