आज (आइतबार) राजधानी काठमाडौँसहित देशका धेरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना देखिएको हो।
‘यस क्रममा आज काठमाडौँ उपत्यकामा पनि हल्का, छिटपुट वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने, ‘अहिलेको सिजनअनुसार मेघगर्जन, चट्याङ र हावाहुरी पनि हुनसक्छ।’
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज यस्तो छ, सात प्रदेशको मौसम सम्भावना-
कोसी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
राति: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
मधेस प्रदेश
दिउँसो: तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
राति: तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
बागमती प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
राति: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
राति: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
लुम्बिनी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ।
राति: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।
कर्णाली प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात साथै हावाहुरीको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ।
राति: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
राति: हिमाली क्षेत्रमा आंंशिक बदली रही हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
Shares

प्रतिक्रिया