समाज


राशिफल १ चैत : वृश्चिकलाई रोजगारीको प्रस्ताव आउने, मिथुनको पारिवारिक वातावरण बिग्रने, तपाईँको के?

राशिफल १ चैत : वृश्चिकलाई रोजगारीको प्रस्ताव आउने, मिथुनको पारिवारिक वातावरण बिग्रने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत १, २०८१ शुक्रबार ४:२१, काठमाडौँ

आज शुक्रबार, १ चैत २०८१ (१४ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ काम शुभारम्भ होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : नयाँ कार्यको योजना बन्नेछ। धर्मकर्ममा मन जानेछ। शुभकार्यको चर्चा चल्नेछ। धार्मिक आस्था बढेर बढेर जानेछ। विपरीत वर्गबाट विशेष सहयोग होला। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन : सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्ला। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउला। व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट : मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफल भइनेछ। पुँजी बजारबाट लाभ लिने मौका छ। परोपकारको क्षेत्रमा लगानी गर्ने समय आएको छ। कृषि कर्ममा मन जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : परोपकार तथा पुण्य आर्जन गर्ने कार्यमा संलग्न भइनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त होला। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ निलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

तुला : अनावश्यक धन खर्च हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

वृश्चिक : शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। रोजगारी प्रस्ताव आउला। रमाइलो यात्राको योग छ। धार्मिक तथा सामाजिक क्षेत्रतर्फ मन जानेछ। विनाप्रतिस्पर्धा फाइदामा परिएला। विशिष्ट व्यक्तिले सहयोग गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। बन्धु बान्धवबाट विशेष सहयोग होला। प्राविधिक काममा सफल भइनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नहोच्याउने।

मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धनमाल हात पर्ला। खानपान र स्वास्थ्यप्रति भने सजग रहनु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : आत्मबलमा कमी आउनेछ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुँदा मानसिक चिन्ता बढ्ला। निर्णय कार्यान्वयन हुन नसक्ला। वैदेशिक कामले भने गति लिनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मीन : जोस, जाँगर र हिम्मत बढ्नेछ। धार्मिक कार्यमा सरिक भइनेछ। आर्थिक लाभ हुने कामको अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। प्रेम जीवन सुखद रहनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad