समाज


रास्वपाको होली : कार्यकर्ता पार्टी कार्यालयमा, रविले घरमै मनाए

रास्वपाको होली : कार्यकर्ता पार्टी कार्यालयमा, रविले घरमै मनाए

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १७:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार एउटा सूचना आफ्नो आधिकारीक फेसबुक पेजमा राख्यो। जसमा लेखिएको थियो- होली मिलन कार्यक्रम, फागुन २९ गते बिहीबार बिहान ११ बजे। केन्द्रीय कार्यालय घण्टी घर च:मति, बनस्थली, काठमाडौँ।'

रास्वपाले केन्द्रीय कार्यालयमा मात्रै होइन देशैभरका वडा कार्यालय, जिल्ला पार्टी कार्यालय तथा अन्य पार्टीनिकटहरूले होली मनाएको रास्वपाले जनाएको छ। 

बिहीबार रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा नेताहरूले एकआपसमा रङ दलेर खुसी साटासाट गरे।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा भएको होली मिलन कार्यक्रममा पार्टी सभापति भने उपस्थित भएनन्। उनले घरमै होली मनाएको तस्बिर सार्वजनिक भएको छ। 

रविकी श्रीमती निकिता पौडेलले 'मायाँको रंगमा'मा क्याप्सन लेखेर जोडी तस्बिर सार्वजनिक गरेकी छन्।   

लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि उनको सांसद पद पनि निलम्बनमा परेको छ। उनलाई कास्की, चितवन, काठमाडौँ, रुपन्देही अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। 

अदालतबाट सफाइ नपाएकोले उनी पार्टीका कुनै कार्यक्रममा सहभागी भएका छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad