ad ad

समाज


फिदिम नगरपालिकाले मजदुरलाई खानपिनको व्यवस्था गर्ने

फिदिम नगरपालिकाले मजदुरलाई खानपिनको व्यवस्था गर्ने

नेपालखबर
चैत १३, २०७६ बिहिबार ८:३८,

पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र आसपासमा काम गर्ने मजदुरको तथ्यांक संकलन गर्दैछ।

दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख संकलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताए।

कोरोना भाइरस संक्रमणका कारण देशव्यापी लकडाउन भएपछि मजदुरीमा जान नपाएपछि बिहान बेलुका हातमुख जोड्न समस्या हुने भएकाले उनीहरुलाई नगरपालिकाको सम्पर्कमा रहन अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .