ad ad

समाज


आठ टन स्वास्थ्य सामग्रीसहित तेस्रो चिनियाँ टोली इटलीमा अवतरण

आठ टन स्वास्थ्य सामग्रीसहित तेस्रो चिनियाँ टोली इटलीमा अवतरण

नेपालखबर
चैत १३, २०७६ बिहिबार ८:३६,

आठ टन स्वास्थ्य सामग्रीसहित चिनियाँ टोली बिहीबार इटली अवतरण गरेको सिन्ह्वाले जनाएको छ।

यसअघि दुईपटक चीनले इटलीमा कोरोना नियन्त्रण गर्न विज्ञ खटाइसकेको छ। त्यसबेला पनि चीनले इटलीमा हालको जस्तै स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

अहिलेको टोलीमा भने १४ जना स्वास्थ्य विज्ञहरु इटली पुगेका छन्। इटली हाल कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको छ।

त्यहाँ मृतक दर घट्ने अवस्थामा छैन। हालसम्म इटलीमा ७४ हजार ३८६ कोरोनाबाट बिरामी बनेका छन्। ७ हजार ५ सय ३ को मृत्यु भइसकेको छ।

इटलीको मृतक संख्या चीनमा भन्दा दोब्बर हो। चीनमा ८१ हजार कोरोना संक्रमित छन्। हालैका दिनमा चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ।

आफ्नो देशमा कोरोनाको प्रभवा घट्दै जाँदा चीनले इटलीमा कोरोना नियन्त्रण गर्न आफ्नो टोली खटाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .