ad ad

कारोबार


लुक्लामा अलपत्र १४ पर्यटक लिन तारा एअरले जहाज पठायो

लुक्लामा अलपत्र १४ पर्यटक लिन तारा एअरले जहाज पठायो

नेपालखबर
चैत १३, २०७६ बिहिबार ८:३४,

लुक्लामा अलपत्र परेका पर्यटक लिन तारा एअरले विमान त्यसतर्फ पठाएको छ।

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेका हुन्।

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्धारको लागि आज जहाज पठाएको जानकारी दिएको हो।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्धार गर्न निजी वायुसेवा कम्पनी तारा एअर तयार भएको हो ।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .