समाज


काठमाडौँमा अनुमति नलिई फोहोर उठाउने काम नगर्न महानगरको आग्रह

काठमाडौँमा अनुमति नलिई फोहोर उठाउने काम नगर्न महानगरको आग्रह

नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:४१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विभिन्न चोक तथा सडकमा अनुमतिबिना फोहोर उठाउने र छान्ने गरेको पाइएको भन्दै ध्यानाकर्षण गराएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै यसबारे ध्यानाकर्षण गराएको हो। 

'काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहरमैलाअन्तर्गत अजैविक (सुक्खा) फोहोर व्यवस्थापनका लागि विभिन्न सात क्षेत्रमा सुक्खा फोहर मेटेरियल रिकभरि सुविधा सञ्चालन गर्न लागेकोले महानगरपालिकाको अनुमति नलिई व्यावसायिक रूपमा व्यावसायिक संस्था, चोक, सडकबाट फोहर उठाउने/छान्ने कार्य नगर्न/नगराउनुहुन सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ' उनले भने। 

यस सूचनालाई अटेर गरेमा जरिवाना गरिने महानगरले जनाएको छ। 'यस्तो कार्य गरेको भेटिएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ र दफा ३९, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ र दफा ५२ एवं काठमाडौँ महानगरपालिकाको चालु आ.व. को आर्थिक ऐन बमोजिम कसुरअनुसारको जरिवाना गरिने व्यहोरा समेत जानकारी गराइन्छ,' सूचनामा उल्लेख छ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कुहिने र नकुहिने फोहोरहरू छुट्टाछुट्टै जम्मा गर्न र सोहीअनुसार उठाउन तालिका बनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad