समाज


किशोर उमेरमा व्यक्ति हत्या, बुढेसकालमा जेल

किशोर उमेरमा व्यक्ति हत्या, बुढेसकालमा जेल

नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:१, काठमाडौँ

कर्तव्य ज्यानको मुद्दाका फरार दुई जना अभियुक्तलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ। २०४४ फागुन ७ गते पर्वतको कुर्घाका रामबहादुर गुरुङको हत्या अभियोगमा अदालतले सजाय समेत सुनाइसकेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गम्भीर गुरुङ र तेजबहादुर गुरुङ रहेका छन्। उनीहरुले रामबहादुरलाई लाठी र चक्कुले प्रहार गरी हत्या गरेर शव खोल्सामा फालेका थिए।

यो घटनामा पर्वत जिल्ला अदालतबाट २०५८ असार १३ गते १० वर्षका दरले कैदको फैसला भएको थियो। उक्त फैसलापछि पनि उनीहरु भने फरार नै थिए।

हाल ५७ वर्षका गम्भीर गुरुङलाई रुपन्देहीबाट र ५५ वर्षका तेजबहादुर गुरुङलाई ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभूबाट पक्राउ गरिएको पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

उनीहरूलाई जिल्ला अदालत पर्वतमा पेश गरिएको छ। अदालतले कैद भुक्तानका लागि कारागार पठाइदिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad