समाज


जोखिमपूर्ण स्थान र उच्छृंखल तवरले होली नखेल्न प्रहरीको आग्रह

जोखिमपूर्ण स्थान र उच्छृंखल तवरले होली नखेल्न प्रहरीको आग्रह

फाइल फोटो


नेपालखबर
फागुन २७, २०८१ मंगलबार २०:५६, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय कास्कीले सम्भावित घटनाप्रति सजक र सतर्क रही सुरक्षित तरिकाले होली पर्व मनाउन अनुरोध गरेको छ।

कास्की प्रहरीले मंगलबार सूचना प्रकाशित गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको हो।

पहाडी जिल्लामा यही फागुन २९ र तराईमा चैत १ गते होली मनाइँदैछ।

प्रहरीले आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र होली खेल्न पनि अपिल गरेको छ।

यस्तै, होली पर्वको नाममा जाँड रक्सिको सेवन नगर्न, असभ्य र अश्लील किसिमका गीतहरू नबजाउन र साँझ अवेरसम्म होली नखेल्न, ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माईक आदिको प्रयोग नगर्नसमेत प्रहरीको आग्रह छ।

कास्की प्रहरीले जारी गरेको सूचनामा कसैको इच्छा विपरीत रङ, लोला, मोबिल, केमिकल र पानी फाल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ।

साथै, रेलिङ नभएको छत, सडक तथा भीडभाड हुने जोखिमपूर्ण स्थानमा होली नखेल्न पनि प्रहरीले सचेत गराएको छ।

कुनै उच्छृङ्खल तरिकाबाट होली खेलेमा, कुनै पनि अपराधिक गतिविधी हुन गर्न लागेमा वा भएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad