राजनीति


कांग्रेस केन्द्रीय कार्यालमा शिक्षकहरूको धर्ना

कांग्रेस केन्द्रीय कार्यालमा शिक्षकहरूको धर्ना

नेपालखबर
फागुन २७, २०८१ मंगलबार २१:३, काठमाडौँ

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रयि कार्यालयमा धर्ना दिएका छन्।

मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन्। 

उनीहरूले पार्टी केन्द्रयि कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गरे। 

राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिइएको शिक्षक नेताहरूले बताएका छन्।

उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे। देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad