समाज


यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने

यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८१ मंगलबार ११:१, काठमाडौँ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुँदै छन्। २०८१ सालको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी हुन देशभरबाट पाँचलाख १० हजारले फाराम भरेका छन्। 

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ। 

परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ। परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ। 

ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ। 

यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्। जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन्। गत वर्ष जापानबाट २३ जनाले एसईई दिएका थिए। 

गत वर्ष कुल चार लाख ४४ हजार ७८५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। त्यसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad