ad ad

समाज


भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालखबर
चैत १३, २०७६ बिहिबार ५:१,

कोरोना भाइरस (कोभिड—१९) का कारण भारतमा बिहीबार दुई व्यक्तिको ज्यान गएको छ। इन्डिया टुडे अनलाइनका अनुसार श्रीनगर र महाराष्ट्रमा दुई व्यक्तिको मृत्यु भएको हो। योसँगै भारतमा कोरोना संक्रमणबाट मृतकको संख्या १५ पुगेको छ।

बिहीबार बिहान कोरोना कारणबाट जम्मु कश्मिरको श्रीनगरमा ६५ वर्षीय एक जनाको ज्यान गएको हो। भारत शासित कश्मिरमा कोरोना भाइरसका कारण मृत्यु भएको घटना यो पहिलो हो। उनको श्रीनगरको चेस्ट डिजिज अस्पतालमा निधन भएको हो। उनी सुगर, ब्लड प्रेसर तथा मोटोपनबाट पीडित थिए।

अस्पतालका अनुसार मृतसँग सम्पर्कमा भएका थप ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२९ पुगेको छ।

यसैगरी बिहीबार बिहान नै मृत्यु भएका अर्का व्यक्ति महारष्ट्रको नाभी मुम्बईका हुन्। योसँगै कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

युपीमा कोरोना संक्रमितको संख्या ३८
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश (युपी) मा अहिलेसम्म कोरोना संक्रमित ३८ व्यक्ति भेटिएका छन्। अहिलेसम्म १ हजार ८३० नमुना जाँचका लागि विभिन्न ल्याबमा पठाइएको छ। तिनको रिपोर्ट आउन बाँकी छ। यसअघि युपीको लखनउमा एक डाक्टर नै कोरोना भाइरसबाट संक्रमित भएकी थिइन्। उनी कोरोना संक्रमितको उपचार गर्न गठन गरिएको अस्पतालको टास्क फोर्समा कार्यरत थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .