समाज


वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा सुरु

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा सुरु

नेपालखबर
फागुन २६, २०८१ सोमबार १४:४३, काठमाडौँ

देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन सेवा दुई सिफ्टमा सुरु गरेको हो।

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेसन आरम्भ गरिएको बताए।

यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेसन सेवा उपलब्ध भैरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए। सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ।

वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेसन बल्ल सुरु गरेको हो।

‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्’, उनले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ।’

आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए।

दुवै सिफ्टमा हुने अपरेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए। डा. गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad