विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको इटालीमा यसबाट संक्रमित एक नर्सले आत्महत्या गरेकी छन्।
एजेन्सीका अनुसार कोरोना भाइरस संक्रमितकै उपचारमा रातदिन खटिएकी ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले आफूलाई पनि कोरोना संक्रमण भएपछि आत्महत्या गरेकी हुन्।
बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार उनी इटालीको सबैभन्दा काेराेनापीडित लोम्बार्दी क्षेत्रमा पर्ने मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे संक्रमितको उपचार खटिइरहेकी थिइन्।
‘कोरोना भाइरसबाट संक्रमितको उपचार गर्दागर्दै म आफैं संक्रमित हुन पुगें। अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन,’ सुसाइड नोटमा उनले लेखेकी छन्, ‘त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी हुँ।’
उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको इटालीकाे नर्स महासंघले जनाएको छ।
प्रतिक्रिया