कोरोनाबाट ज्यान गुमाउनेको संख्या चीनमा भन्दा बढी स्पेनमा पुगेको हो।
चीनमा हालसम्म ३२ सय ८१ को मृत्यु भएको छ। कोरोनाको उद्गमस्थल चीनलाई पछिल्लो सयम संक्रमित र मृतक दरमा अन्य मुलुकहरुले उछिनिरहेका छन्।
पछिल्लो समय कोरोनाको प्रभाव चीनमा कम हुँदैजाँदा अन्य देशमा कोरोनाको प्रभाव बढ्दै गएको हो।
कोरोनाका कारण सबैभन्दा बढी ज्यान गएको देश इटली हो। त्यहाँ हालसम्म ६ हजार ८२० को ज्यान गइसकेको छ।
संक्रमितको संख्यालाई हेर्दा भने चीनमा सबैभन्दा बढी संक्रमित छन्। चीनमा ८१ हजार २१८ संक्रमित छन्।
इटलीमा ६९ हजार १७६ संक्रमित छन् भने स्पेनमा ४७ हजार ६१० कोरोनाका कारण बिरामी भएका छन्। एजेन्सी
प्रतिक्रिया