ad ad

समाज


कोरोनाको आशंकामा भारतबाट आएका एक व्यक्ति महाकाली अस्पतालमा भर्ना

कोरोनाको आशंकामा भारतबाट आएका एक व्यक्ति महाकाली अस्पतालमा भर्ना

गोकुल जोशी
चैत १२, २०७६ बुधबार १२:२१,

कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा एक जनालाई महाकाली अस्पताल भर्ना गरिएको छ।

भारतको बंंगलोरबाट फर्किएका शुक्लाफाँटा झलारीका ती व्यक्तिलाई उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलसन वार्डमा भर्ना गरिएको मेडिकल सुपरभाइजर नारद भट्टले बताए।

‘दुई दिनदेखि उच्च ज्वरो थियो, कोरोना भाइरसको आशंकामा अस्पताल ल्याएका छौँ’, उनले भने। यो संगै कोरोना भाइरसको आंशकामा महाकाली अस्पतालमा चार जना भर्ना भएका छन्।

यस अघि गड्डाचौकी नाका भएर भित्रिएका तीन जनालाई चेकजाँचका क्रममा ज्वरो उच्च देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो। उनीहरुमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्य दुई जनाको रिर्पोट आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .