१४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपीभी) खोप लगाएका छन्।
सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो। अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका हुन्।
नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताए।
लक्षित समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइएको बताए।
उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरूलाई हरेक वर्ष लगाइने जानकारी गराए। कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको उनको भनाइ छ।
‘नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी छ। लक्षित समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइएको छ। आगामी वर्ष १० वर्ष उमेरसमूहका कक्षा ६ मा पढ्नेहरूलाई हरेक वर्ष लगाइनेछ,' उनले भने, 'यस लक्ष्यअनुसार यस वर्ष ९३ प्रतिशतले प्राप्त गरेको तथ्यांक छ। १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप प्राप्त गर्नुभएको छ। कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेको थियो। कति विदेश, कति पहिल्यै लगाउनुभएको र कति विविध कारणले छुट्नुभएको स्थिति छ। अहिले पनि स्वास्थ्य केन्द्रहरूमा निःशुल्क उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ।’
मन्त्री पौडेलले यस खोपले कुनै स्वास्थ्य समस्या नभएको पनि बताए।
त्यस्तै उनले उक्त खोप पुरुषहरूलाई पनि दिने गरिएको र १४ वर्षमाथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको बताए।
‘हालसम्म उपलब्ध सूचनाहरूको आधारमा तथ्यांक र प्रमाणहरूको आधारमा कुनै साइट इफेक्ट पर्नेकुरा अहिलेसम्म बुझिएको छैन। यो पूर्ण सुरक्षित छ भन्ने नै छ। पुरुषहरूलाई पनि दिने गरिएको छ। यसमा अध्ययन गरिरहेका छौँ,' उनले भने, 'हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएका कारणले सहयोगी संस्था र मित्रराष्ट्रहरूमार्फत उपलब्ध गर्ने परिस्थिति हुनसक्छ की त्यसको निम्ति गृहकार्य गरिरहेका छौँ। पुरुषहरू र १४ वर्ष माथिको उमेर समूहका महिला र किशोरीलाई पनि उपयुक्त हुने भन्ने अध्ययनबाट देखिएको छ। यसलाई थप पुष्टि गर्ने र श्रोत खोजेर उपलब्ध गराउन आवश्यकताअनुसार प्रयत्न गर्नेछौँ।’
Shares

प्रतिक्रिया