समाज


दक्ष जनशक्ति उत्पादनका लागि व्यावसायिक प्रशिक्षण विस्तार गरिँदै

दक्ष जनशक्ति उत्पादनका लागि व्यावसायिक प्रशिक्षण विस्तार गरिँदै

नेपालखबर
फागुन २१, २०८१ बुधबार १८:४६, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले व्यावसायिक तालिमको पहुँच विस्तार गर्ने योजना अघि बढाएको छ। प्रतिष्ठानले व्यवसायिक तालिममार्फत सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको हो।  

प्रेस विज्ञप्ति अनुसार, श्रम बजारको मागअनुसार आवश्यकताअनुरूप प्रतिष्ठानका तालिम केन्द्रहरू विस्तार गरिनेछ। हाल यस प्रतिष्ठान मातहत रहेका व्यावसायिक तालिम केन्द्रहरूको प्रभावकारिता अध्ययन गरी प्रदेशस्तरमा विस्तार गर्ने तयारी थालिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिष्ठानको जग्गा तथा भवन व्यवस्थापनका लागि नयाँ संरचनाहरू निर्माण गरिनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठानलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय बढाउने योजना बनाएको छ।

राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले प्रतिष्ठानलाई आधुनिक प्रविधिमैत्री बनाउँदै तालिम कार्यक्रमहरूलाई दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गर्ने उल्लेख गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad