ग्लोबल


ट्रम्पले पाकिस्तानलाई किन दिए धन्यवाद?

ट्रम्पले पाकिस्तानलाई किन दिए धन्यवाद?

फाइल तस्बिर: पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन २१, २०८१ बुधबार १८:५३, काठमाडौँ

अफगानिस्तानमा भएको आतंकवादी हमलाका मास्टरमाइन्डलाई पक्राउ गर्न मद्दत गरेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद दिएकामा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले प्रतिक्रिया दिएका छन्।

एक्समा लामो पोस्ट गर्दै शरिफले लेखेका छन्, ‘म अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस क्षेत्रभरि आतंकवादविरोधी प्रयासहरूमा पाकिस्तानको भूमिका र समर्थनको कदर गरेकामा धन्यवाद दिन्छु।’

उनले पाकिस्तानी सुरक्षा बलले हालै शीर्ष आईएसकेपी कमान्डर शरिफुल्लाह पक्राउ गर्न सहजीकरण गरेको बताए। शरिफुल्लाह अफगानिस्तानका नागरिक हुन्।

पाकिस्तानी प्रधानमन्त्रीले शरिफुल्लाहलाई अफगानिस्तान-पाकिस्तान सीमामा गरिएको विशेष कारबाहीमा पक्राउ गरिएको जानकारी दिए। 

शाहबाज शरिफका अनुसार पाकिस्तानले आतंकवादविरोधी अभियानमा ठूलो भूमिका खेलिरहेको छ र यस क्रममा हालसम्म ८० हजार नागरिक र सुरक्षाकर्मी मारिएका छन्।

उनले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

ट्रम्पले नेपाली समयअनुसार बुधबार बिहान अमेरिकी कंग्रेस (संसद्) का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए र यस क्रममा उनले पाकिस्तानलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad